अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडाैं | असार २७, २०८१

अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता तस्बिर फाइल

काठमाडौं:     नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा हिजो साँझ भेटवार्ता भएको छ ।


कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गरेर जाने सहमति भएसँगै भावी रणनीति तय गर्न शीर्ष तहमा छलफल गर्न भेटवार्ता भएको जानकारी बैठकमा सहभागी एक नेताले दिनुभयो ।


बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी हुनुहुन्छ । यस बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन साँसदहरूको हस्ताक्षर, मन्त्रिपरिषदको गठन, सरकारमा कुन कुन राजनीतिक दललाई सहभागी गराउने भन्ने लगायतका विषयमा छलफल हुने सम्भावना छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको बैठकमा असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर नयाँ सत्ता समीकरणमा जाने निर्णय भएसँगै एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनुका साथै एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिइसक्नु भएकोछ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्